वडाध्यक्ष अधिकारीको खातामा पोखरा महानगरको ५५ लाख, अझै भएन फिर्ता

पाेखरा | जेठ २६, २०८०

वडाध्यक्ष अधिकारीको खातामा पोखरा महानगरको ५५ लाख, अझै भएन फिर्ता

पोखरा:  पोखरा महानगरपालिकाले कानून बर्खिलाप एक वडाध्यक्षको व्यक्तिगत खातामा ५५ लाख रुपैयाँ पठाएको पाइएको छ ।

 

अस्थायी रुपमा फोहोर व्यवस्थापन गर्न संयोजक बनेका पोखरा महानगरपालिका ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीको व्यक्तिगत (एनआइसी एसिया बैंक) खातामा जग्गा खरिद गर्नका लागि रकम पठाएको बताइएको छ । 
 

वडाध्यक्ष अधिकारीको खातामा फोहोरमैला प्रशोधन केन्द्र निर्माण गर्ने जग्गा खरिद गर्नका लागि गत पुस २५ गतेको महानगर कार्यपालिकाको बैठकले पेश्की स्वरुप ५५ लाख पठाउने निर्णय गरेको थियो । 
 

 

त्यसपश्चात राष्ट्रिय वाणिज्य बैंकमा रहेको महानगरको खाताबाट वडाध्यक्ष अधिकारीको एनआइसी एसिया बैंकको खातामा गत पुस २९ गते रकम पठाइएको थियो । 

 

रकम पठाएको ५ महिना बितिसक्दापनि जग्गा खरिदको प्रक्रिया अघि नबढ्दा महानगरले रकम फिर्ता गर्न पत्र काटेको छ । 

 

यद्यपी पत्र पाएको साढे एक महिना हुन लाग्दा पनि वडाध्यक्ष अधिकारीले रकम फिर्ता गरेका छैनन् । यो खबर सेतोपाटीमा युवराज श्रेष्ठले लेखेका छन् ।

पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ ।    कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...

थप पढ्नुहोस्

लेखनाथ:    एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित  सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ ।    संस्थागत सामाजि...

थप पढ्नुहोस्

पोखरा:  आन्तरिक पर्यटन प्रबद्र्धनको मुख्य उद्धेश्य बोकेर यसपटकको जाउँ है पोखरा अभियान पूर्वी नेपालका विभिन्न शहरबाट सुरु हुँदैछ ।   यही चैत ९ देखि १३ गतेसम्म संचालन हुने अभियान अन्तर्गत वीरगंज, वि...

थप पढ्नुहोस्